|

काठमाडौं : फिल्म 'गरुड पुराण'को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको प्रदर्शन मिति तय गर्दै फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा फिल्मको रिलिज मिति माघ ४ उल्लेख गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार नाजिर हुसेन ब्यान्ड मास्टर बनेका छन् भने कर्मा शाक्य, प्रवीण खतिवडा, कामेश्वर चौरसिया, प्रियंका सिंह ठकुरी पनि पोस्टरमा अटाएका छन्।

सुवास कोइरालाको निर्देशनमा बनेको यस फिल्ममा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ पनि मुख्य भूमिका रहेको छ। पारिवारिक प्रेमकथा र हास्यप्रधान यस फिल्मलाई अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका हुन्।

आकाश बराल, विनोद खतिवडा र सुवास आफैँले लेखेको यस फिल्ममा कशम नेपालको कथा समावेश छ। कोसिस क्षेत्रको संगीत रहेको यस फिल्ममा रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको छ। सुसन प्रजापतिले खिचेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.