कामविहीन छिन् सचिव चौधरी

|

काठमाडौं:   मन्त्रालयको काम र सो मन्त्रालयले लिने हरेक निर्णयमाथि सचिवको महत्वपूर्ण जिमेवारी हुन्छ।  

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीको काम भने हरेक दिन मन्त्रालय जाने हाजिर गर्ने र दिनभर विना काम बस्ने र बेलुकी घर फर्कने भएको छ। गत असोज २८ गतेको मन्त्रिपरिषद बैठकले सचिव डा. चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध डा. चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

कात्तिक १६ गते सर्वोच्चले सरकारका नाममा सचिव सरुवा कार्यान्वयन नगर्न र सरुवा गर्नुको कारण माग गरेको थियो। सर्वोच्चको उक्त आदेश प्रधानमन्त्री कार्यालयमा नपुग्दै सचिव चौधरी कात्तिक १८ गते स्वास्थ्य मन्त्रालयमा काम गर्न पुगेकी थिइन्। तर यस बीचमा उनी भन्दा  एक तह तल रहेका मन्त्रालयका एक मात्र विशेषज्ञ चिकित्सक डा. सुशिलनाथ प्याकुरेललाई अधिकार सहितको निमित्त सचिवको जिम्मेवारी दिए पछि हाल डा. चौधरी कामविहीन बनेकी हुन्। त्यसयता उनी हरेक दिन स्वास्थ्य मन्त्रालयमा नै गइरहेकी छिन्।

 गत कात्तिक १६ गते आफूलाई सरकारले विनाकारण सरुवा गरेको भन्दै सर्वोच्चमा रिट हालेकी डा. चौधरीलाई  सर्वोच्चले मन्त्रालयमानै फर्कनू भनेर अन्तरिम आदेश दिएपछि उनी कात्तिक १८ गतेदेखि नियमित रूपमा मन्त्रालयमा पुगेको बताउँछिन्। उनले भनिन्  'मैले अदालतको आदेश अनुसारले आफ्नो जिम्मेवारी पूरा गरेकी हुँ। अहिले म भएको ठाउँमा कुनै फाइलहरू नआएर म कामविहीन भए पनि म कानुनको पालक भएकोले अदालको आदेश अनुसार मन्त्रालय आएको हुँ।'

आफू विदा बसेको बेलामा आफ्नो सरुवा भएको हुदाँ आफ्नो विदामा नै रहेको बेला आफूले चिठ्ठी लिएर अदालत गएको बताइन्। उनले भनिन्  'मेरो नियुक्ति स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार भएकोले मेरो ठाउँ स्वास्थ्य मन्त्रालय बाहेक अन्य ठाउँमा छैन त्यसैले मेरो सरुवा जहाँ गरियो त्यहाँ मेरो दरवन्दी नै नभएकोले त अदालतले नियम कानुनको आधारमा स्टे अर्डर दिएको हो।'

 कहिलेदेखि कामविहीन छन् सचिव चौधरी ?

सर्वोच्च अदालतले डा. चौधरीले दायर गरेको रिटमा मन्त्रिपरिषदको मिति ०७५/६/२८ को निर्णय सोही मितिको सरुवा र रमाना लगायतका पत्रहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली ०७४ को नियम ४९(२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरेको छ। जुन आदेशपछि कात्तिक २० गतेसम्म  मन्त्रालयमा पुगेर काम गरेकी डा. चौधरी त्यसयता भने आफू कामविहीन भएको बताउँछिन्।

उनले भनिन् 'अदालतको आदेश अनुसार मन्त्रालय आएर  कात्तिक २० गतेसम्म काम गरेको थिएँ तर तिहारपछि कार्यलय आउँदा मन्त्रालयको अबको निमित्त सचिवको जिम्मा प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई दिएको जानाकारी पाएँ त्यसयता मेरोमा कुनै फाइल आएको छैन।'

 किन हटाइएको थियो सचिव चौधरीलाई ?

पाचँ महिनाअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा उपेन्द्र यादव आएपछि मन्त्रालयको सेवा सुविधामा सुधार आउने अपेक्षा गरिएको थियो। मन्त्री र सचिव एउटै क्षेत्रको भएकोले पनि उनिहरूको काममा तालमेल मिलेर  मन्त्रालयको सेवा राम्रो हुने अपेक्षा गरेका थिए। तर मन्त्री यादवले मन्त्रालय सम्हालेको केही समयमा नै सचिव चौधरीको काम प्रति मन्त्री यादव असतुष्ट थिए। उनले तोक लगाउन दिएको फाइल लुकाउने तथा काममा ढिलासुस्ती गर्ने गरेको हुनाले उनको रवैया प्रति मन्त्री खुसी थिएनन्। मन्त्री यादवको सचिवालयमा एक सदस्यले भने  'मन्त्री यादवले कामको गति लिन खोज्नु हुन्थ्यो तर सचिवज्यूले मन्त्रीको अपेक्षा अनुसार काम नगर्ने, सदर गर्न दिएको फाइलहरू लुकाउने जस्ता काम गर्नुहुन्थो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.