खेलकुद

जावलाखेललाई हराउँदै संकटाको लगातार दोस्रो जित
SHARES

मंसिर ३, २०७५

    काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको पहिलो खेलमा सीएमजी क्लब संकटाले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ। १० खेलाडीमा सीमित संकटाको जितमा सेड्रिक अबाले २ गोल गरे।

    खेलको १९ अौँ मिनेटमा संकटा १० खेलाडीमा सीमित भएको थियो। पहिलो पहेँलो कार्ड पाएको एक मिनेट नबित्दै एलोन म्याक्सवेलले दोस्रो पहेँलो कार्ड पाएपछि संकटाले बाँकी समय १० खेलाडीमा चित्त बुझाउनुपरेको थियो। एलोनले जावलाखेलका डिफेन्डर अडामा डुम्बियालाई लगातार फल हानेका थिए। दुवै टोलीले पहिलो हाफमा आक्रमक मुभ बनाउन सकेनन्।

    दोस्रो हाफको सुरुवातमै जावलाखेलले गोलको राम्रो मौका चुकाउन पुग्यो। कुलदीप कार्कीको फ्री किकमा डुम्बियाको हेडरलाई संकटाका गोलरक्षक राजाबाबु थापाले सुन्दर बचाउ गरेपछि जावलाखेलको सम्‍भावित अग्रता टरेको थियो। खेलको ५८ अौँ मिनेटमा संकटाले अग्रता दोब्बर बनायो। सेड्रिक अबाले टिमको अग्रता दोब्बर बनाएका थिए। अबालेले ८५ अौँ मिनेटमा संकटाको अग्रता दोब्बर पारेका थिए। लक्ष्मण रुचालले दिएको पासमा अबाले ६ यार्डबाट आकर्षक गोल गर्न सफल भएका थिए।

    लगातार दोस्रो जित दर्ता गरेको संकटा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगको २ खेलसम्म थ्रिस्टार, मनाङसँगै संकटा पनि अपराजित रहेको छ। जावलाखेल भने लिग अंक तालिकामा अंकविहीन रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]