|

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका निर्वाह गरे पनि सरकार जनता र प्रतिपक्षी दलप्रति उत्तरदायी र जिम्मेवार नबनेको टिप्पणी गरे।

उनले संविधान कार्यान्वयका लागि आवश्यक विधेयक पारित गर्न कांग्रेसले जिम्मेवर ढंगले भूमिका निर्वाह गरेको दाबी उनले गरे। लोकतन्त्रको संरक्षणमा भने सरकारको नियत र क्षमतामा नै प्रश्न उब्जिएकाले नियत र प्राप्त सफलताका बीच कांग्रेसले नयाँ बाटो कोर्न सक्नुपर्ने बताए। राजनीतिक मस्यौदा समितिका सदस्य समेत रहेका नेता थापाले कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने भएकाले ‘हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ ’ भन्ने ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे। उनले भने, 'संविधान कार्यान्वयका सम्बन्धमा कांग्रेस नेता हो। कांग्रेस सत्ता हो। कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने हो।हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ।' उनले नेताहरूमा देखिएको मतभिन्नता, निरासा र सम्पूर्ण किसिमका अलमललाई महासमिति बैठकले चिर्नुपर्ने बताए।

उनले महासमिति बैठकले संगठन सुदृढीकरण तथा दीर्घकालीन र अल्पकालीन रुपमा अबलम्बन गर्नुपर्ने रणनीतिको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका विषयमा प्रभावकारी निर्णय गर्नुपर्ने उल्लेख गरे। कांग्रेसको विधान अनुसार महासमिति बैठकले महाधिवेशनले गर्ने केन्द्रीय समितिको निर्वाचन बाहेक सबै निर्णय गर्न पाउने अधिकार राख्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.