|

काठमाडौं : कात्तिक शुक्ल पक्ष एकादशी सोमबार देवोत्थानी एकादशी मनाइन्छ।

एकादशीको दिन भगवान विष्णुको प्रतीकस्वरुप शालिग्रालाई (वर) र तुलसीलाई ( कन्या) को रुपमा विवाह गर्ने परम्परा छ। तुलसीलाई हिन्दूधर्ममा सुरभि, श्यामा, रामा, शुलभा, वैष्णवी, गौरी जस्ता उपममा दिने गरिन्छ। धार्मिक हिसावले तुलसी जति महत्वपूर्ण छ। स्वास्थ्यको हिसावले पनि उति नै महत्वपूर्ण छ। तुलसीमा प्रचूर मात्रामा औषधीय गुण हुने आयुर्वेदिक चिकित्सकहरू बताउने गर्छन्।

नियमित तुलसीको पत्ता सेवान गर्नुका फाइदा

-रोग प्रतिरोधात्मक क्षमताको विकास नियमित तुलसीको पत्ता सेवन गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुने गर्छ। यस्तै तुलसीमा अक्सिजनको मात्रा प्रचूर मात्रामा हुने हुँदा श्वास प्रश्वाससम्बन्धी समस्या भएकाहरूको लागि पनि तुलसी सेवन गर्दा फाइदा नै गर्छ।

- नियमित रुपमा तुलसीको पत्तालाई पानीमा उमालेर यसको पानी खाने गर्नाले टाउको दुख्ने समस्या समस्याबाट मुक्त हुन सकिन्छ। तुलसी पत्ता र दूध मिलाएर नियमित खानाले माइग्रेनका समस्या भएकाहरूको लागि राम्रो हुन्छ।

-मुटुसम्बन्धी समस्या हुनेहरूले दैनिक रुपमा खालीपेटमा तुलसीको पत्ता र दूध सेवन गर्ने गर्नाले मुटुसम्बन्धी समस्या भएकाहरूको लागि राम्रो हुन्छ। यदि शरीरमा स साना घाउहरू छन् भने तुलसीको पत्ता र बेसार मिलाएर घाउमा लगाउँदा घाउमा राम्रो हुन्छ।

-घाउ खटिरा आउँदा पनि तुलसीले राम्रो काम गर्छ। घाउ भएको ठाउँमा तुलसीको पात र बेसारलाई मिसाएर लगाउँदा चाँडै निको हुन्छ।

-नियमित रुपमा तुलसीको पत्ता खाने गरेमा मुख गनाउने समस्याबाट छुटकरा पाउन सकिन्छ। यस्तै नियमित रुपमा तुलसीको पत्ता सेवन गर्नाले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मद्दत गर्छ। यसका लागि तुलसीको पात सँगै डाँठको रस आदिमा मह मिसाएर पिउनु पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.