|

काठमाडाैं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीलाई कडा निर्देशन दिएका छन्। मन्त्री पण्डितले ‘कर्म एकातिर चहार्ने अर्कोतिर’ भन्दै कर्मचारीहरूप्रति असन्तुष्टि पनि व्यक्त गरे। उनले देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीको देशलाई कामै नभएको पनि स्पष्ट पारे।

सोमबार ललितपुरमा आयोजित ३३ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पण्डितले आफ्नो कर्मप्रति जवाफदेही हुने गरी आवश्यक प्रशिक्षण दिन पनि मातहतका निकायलाई सचेत गरे। कर्मचारीले देशको हित हुने गरी काम नगरेको मन्त्री पण्डितको गुनासो छ।

मन्त्री पण्डितले दुर्गम क्षेत्रको स्थानीय तहका काम गर्ने कर्मचारीलाई थप सुविधा उपलब्ध गराउने घोषणा पनि गरे। उनले कर्मचारीको आवश्यक सेवा, सुविधा वृद्धि गर्न सरकारले संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको पनि जानकारी दिए।

प्रशिक्षणमा ३६५ जना शाखा अधिकृतहरू सहभागी भएका छन्। कार्यक्रममा बोल्दै लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले शाखा अधिकृतको प्रशिक्षण लिइरहेकाबाट मुलुकले ठूलो अपेक्षा गरेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.