|

काठमाडौं : महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पुर्‍याउने कर्मचारीलाई कडा कारबाही गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पुर्‍याउने कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।

सोमबार काठमाडौंको टेकुस्थित फोहोर व्यवस्थापन केन्द्रमा फोहोर व्यवस्थापनसम्बन्धी प्रविधि परीक्षण कार्यक्रममा सहभागी भएका उनले संचारकर्मीमाझ ४० लाखभन्दा बढी मानिस बस्ने काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न अवरोध पुर्‍याउने जो कोहीलाई पनि कारवाहीको दायरा ल्याउन सम्बन्धित निकायलाई सचेत पनि गराए। उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पबारे पनि छलफल भइरहेको जानकारी दिए।

सिसडोलनजिकै रहेको बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि आवश्यक छलफल भइरहेको पनि शाक्यको भनाइ थियो। प्रमुख शाक्यले काठमाडौंको फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्यपरक समाचार सम्प्रेषण नगरेको भन्दै संचारकर्मीहरूप्रति पनि असन्तुष्टि व्यक्त गरे। कार्यक्रममा फोहोर व्यवस्थापन गर्दा स्वास्थ्य प्रतिकूल हुने खालका किटाणुलाई निषेध गर्ने विधि र प्रक्रियाका बारेमा जानकारी गराइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.