काठमाडौं : जडिबुटीबाट प्रहरीले एक थान रिभल्वरसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका ३२ जडिबुटी ढुङगेधाराबाट उनीहरलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ३ का भुवन परियार र मनपरन चौधरी हरेका छन्। उनीहरु सवार ज.११ प ४८६६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध नाइट्रभेट ५६ फाइल र होम मेड रिभल्वर १ थान बरामद भएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।