|

इलाम : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दुई तिहाइको वामपन्थी सरकार अधिक शक्तिका कारण अलमलमा रहेको बताएका छन्। नेता कोइरालाले प्रधानमन्त्री ओली शक्तिको भोको रहेका कारण दिनानुदिन सवै अधिकार आफै लिन खोजको आरोप लगाए।

इलामको माइ नगरपालिकामा निर्माण भएको विपी कोइरालाको शालिक अनावरण गर्दै कोइरालाले बामपन्थी सरकार स्थिर भए पनि शक्ति दुरुपयोगका कारण नेपाली राजनिति अस्थिर भएको बताए। उनले भने, ‘दुई तिहाइको सरकार स्थिर छ। तर अहिलेको नेपाली राजनीतिक अस्थिर भएकाले मुलुकले समृद्धि लिन सकेको छैन।’

कोइरालाले प्रधानमन्त्री ओलीले आफनो मर्यादा क्रमलाई विर्सिएर प्रदेश सभामा गएर भाषण दिने गरेको बताए। उनले अहिलेको सरकारले ९ महिना विते पनि प्राकृतिक स्रोत र वितीय आयोग बनाउन नसक्दा राजस्व वाँडफाँडमा समस्या देखिएको बताए। कोइरालाले भने,‘आज ९ महिना वित्यो। सरकारले आयोगहरू बनाउन सकेको छैन। राजस्व स्थानीय तह, प्रदेश र संघमा कति रहने अन्याेल छ।’

ओलीले उद्घोष गरेको पानीजहाजलाई कटाक्ष गर्दै उनले भने ‘प्रधानमन्त्री जीले दुई वर्षमा ल्याउछू भनेको पानी जहाज अझ डेढ वर्षमा ल्याउनुस् यही पुषमा ल्याउनुस् अनि मलाई पनि आमन्त्रण गर्नुहोस् म पनि सहभागी हुन्छु।’ केन्द्रले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगर्दा निरीह रहेको बताए। ‘प्रहरी प्रशासन र सुरक्षा केन्द्र मातहतमा रहेकाले प्रदेशका गृहमन्त्रीले के गर्ने अधिकार नै छैन’ उनले भने।

उनले नेपाली कांग्रेस गुट उपगुटको दलदलमा फसेको कारण देश असफलता तर्फ जान लागेकोमा चिन्ता बढेको बताए। कोइरालाले व्यक्तिवादी चरित्र छाडेर समग्र पाटीको हितमा काम गर्ने सवै कार्यकर्ताहरूलाई आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.