|

दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकामा एक महिलाको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका ४ की ३५ वर्षीया रुपा विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखलेका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

पोखरेलकाअनुसार भगवतीमाई गाउँपालिका ४ रुमी घर भएकी विक घरनजिकै पाखामा घाँस काट्न जाँदा लडेर मृत्यु भएकी हुन्। सोही ठाउँका लालबहादुर विककी माइली बुहारी विक पाखोवाडा भन्ने स्थानमा घाँस काट्न गएको स्थानीयबासी सुरेशबहादुर खत्रीले जानकारी दिए।

सोमबार विहान घरबाट घाँस काट्न हिडेकी रुपा लडेको खबर पाएलगत्तै घटनास्थलमा पुगेका परिवार र स्थानीयबासीले खोज्दै जाँदा मृत अवस्थामा फेला पारेको स्थानीय खत्रीले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो। मृतक रुपाका दुई छोरा र एक छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.