काठमाडौं : प्रहरीले १२ ओटा जिवित कछुवासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका २ का १८ वर्षीय रशिक श्रेष्ठ रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलिले विशेष सूचनाको आधारमा ललितपूरको ग्वार्कोबाट पक्राउ गरेको हो।
श्रेष्ठले कछुवा कताबाट खरिद गरे भन्नेबारेमा आवस्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय ललितपुरमा बुझाइएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।