विश्व

कार कम्पनी निशानका अध्यक्ष पक्राउ, आर्थिक अनियमितताको अभियोग
SHARES

मंसिर ३, २०७५

    विश्व बिख्यात कार कम्पनी निशान मोटरका अध्यक्ष कार्लोस घोष पक्राउ परेका छन्। घोषलाई आर्थिक अनियमितता तथा जापानको आर्थिक कानुन उलंघनको अभियोगमा जापानको एक कार निर्माणस्थलबाट पक्राउ गरिएको हो।

    ६४ वर्षीय घोषलाई सोमबार पक्राउ गरिएको हो। निशान कार कम्पनीले पनि अध्यक्ष घोषमाथि लागेका आरोप सही भएको पुष्टी गरेको छ।

    घोषले वर्षौंदेखि आफ्नो आम्दानी वास्तविकभन्दा सधैँ कम देखाउने गरेका थिए। उनले कम्पनीको सम्पतीलाई निजी फाइदाका लागि प्रयोग गरेको पनि कम्पनीले बताएको छ।

    ब्हिसल ब्लोअरले घोषविरुद्ध मुद्दा दायर गरेका थिए। त्यसपछि अनुसन्धान सुरु भएको थियो। घोष पक्राउ परेसँगै अध्यक्ष पदबाट पनि निकालिएका छन्। कम्पनीका निर्देशकमध्येका एक ग्रेग क्यालीलाई पनि अनियमितताको आरोप लागेको छ। उनलाई पनि पदबाट हटाइएको छ।

    घोष फ्रान्सको अटो कम्पनी रेनोका पनि अध्यक्ष तथा सिइओ हुन्। घोषलाई जापानमा रहेका शीर्ष व्यापारिक घरानाका कार्यकारी प्रमुखका रूपमा लिइन्छ। घोषले निशान कम्पनीलाई आर्थिक रूपमा डुब्नबाट जोगाएको बताइन्छ। सन् १९९९ मा रेनोले निशानको कन्ट्रोलिङको पाटो किनेको थियो। त्यसपछि घोष निशाससँग जोडिएका थिए। उनी सन् २००१ मा निशानको सिइओ बनेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]