|

काठमाडौं : सुनसरीको दुहबी नगरपालिका २ मा रहेको प्रिमियर स्टिल प्रा. लि. ले प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकन नगरी स्टिल उद्योग स्थापना गरेको स्थानीयले आरोप लगाएका छन्। स्थानीय अगुवा र समाजसेवीले उक्त उद्योगको उत्पादन तत्काल बन्द गर्दै प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकन अनुरुप काम गराउन भन्दै एक हजार व्यक्तिले हस्ताक्षर संकलन गरेका छन्।

स्थानीयसँग कुनैपनि सल्लाह नगरेर उद्योग स्थापना गरेको र उद्योगबाट उत्पादन भएको प्रदुषणले गर्दा बस्ती प्रभावित बनेको भन्दै स्थानीयले ११ बुँदै माग पूरा गर्न आग्रह गरेका छन्। उद्योगबाट उत्पन्न हुने धुलो, धुँवा, ध्वनी, तरल फोहरका कारण बस्तीमा असर परेको, सामाजि सांस्कृतिक सम्पदामा क्षति भएको र जनजिविकामा प्रभाव परेको भन्दै आफ्ना माग पूरा गर्न माग गरेका हुन्। स्थानीयले उद्योगका कारण विद्यालयमा पनि प्रभाव परेको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरेका छन्।

प्रभावित क्षेत्रका एक हजार व्यक्तिहरूको हस्ताक्षर संकलन गरेका उनीहरूले आफ्ना माग प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू मातृका यादव, शक्ति बस्नेत गिरिराजमणि पोखरेल र रवीन्द्र अधिकारीलाई बुझाएको बताएका छन्।

११ बुँदे माग यस्ता रहेका छन्:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.