|

काठमाडौं : बेलायती प्रशारण संस्था बीबीसीले विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाहरूको सूची सार्वजनिक गरेको छ। बीबीसीले सोमबार जारी गरेको सूचीमा नेपालबाट उमा वादी परेकी छन्।

सुदूरपश्चिम प्रदेशकी प्रदेशसभा सदस्यसमेत रहेकी उमा वादीले जातीय विभेद अन्त्य गरेको र वादी समुदायको चेतनामा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै बीबीसीले विश्वका १०० प्रेरणादायी र प्रभावशाली महिलाको १०औँ नम्बरमा समावेश गरेको छ।

उमा वादी नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशको प्रदेशसभा सदस्य हुन्। ५४ वर्षीया उमा वादीले विगतमा राजधानी काठमाडौंमा वादी समुदायका अधिकारका लागि २०६४ सालमा भएको आन्दोलनको नेतृत्व गरेकी थिइन्।

बीबीसीले सार्वजनिक गरेको विश्वभरका १०० महिलाको सूचीमा विभिन्न सामाजिक संघ संस्थामा काम गर्ने, राजनीतिज्ञ, महिला अगुवा, मानवअधिकारकर्मी, लेखक तथा अभियन्तालाई राखिएको छ।

बीबीसीको १०० महिलाकोसूचीमा संयुक्त राष्ट्र संघकी उपमहासचिव नाइजेरियाकी अमिना जे मोहम्मद, अष्ट्रेलियाकी पूर्वप्रधानमन्त्त्री जुलिया गिलार्ड, क्लिन्टन फाउन्डेसनकी उपाध्यक्ष तथा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टन लगायतका महिला रहेका छन्।

पढ्नुहोस्ः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.