|

युरोपियन जाइन्ट जर्मनीलाई बराबरीमा रोक्दै नेदरल्यान्डले यसैवर्षबाट सुरु गरिएको नेशन्स लिगको अन्तिम चारमा स्थान पक्का गरेको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले नयाँ स्वरुपको प्रतियोगिता यसैवर्षदेखि सुरु गरेको थियो।

नाटकीय खेलमा जर्मनी अन्तिम पाँच मिनेटमा दुई गोलको अग्रता जोगाउन असफल भएको थियो। भर्जिल भान डिजिकले खेलको अन्तिम मिनेटमा गोल गरेपछि जर्मनीसंग बराबरी खेल्दै नेदरल्याण्ड प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गर्यो। टिमो वार्नर र लिरो सानेले गोल गर्दै पहिलो हाफमा जर्मनीलाई २–० को अग्रता दिलाएका थिए। ९ औ मिनेटमा वार्नरले दिलाएको अग्रतालाई १९ औ मिनेटमा सानेले दोब्बर बनाएका थिए।

तर खेल सकिन ५ मिनेट बाँकी छदाँ क्विन्सी प्रोमिसको गोलमा डच टोली खेलमा फर्कने संकेत गर्यो। नाटकिय खेलको अन्तिम मिनेटमा डिजिकले गोल गर्दै नेदरल्याण्डले प्रतियोगिताको सेमिफाईनल पुर्‍याउन सफल रहे। लिग ए अन्तर्गत हरेक समूहको शीर्ष स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने नियम अनुसार पोर्चुगल, स्वीट्जरल्याण्ड, नेदरल्याण्डस र इंग्ल्याण्ड सेमिफाइनलमा पुग्न सफल भए।

सेमिफाइनल तथा फाइनल खेल आगामी वर्ष पोर्चुगलमा हुनेछ। यसको ड्र आगामी ३ डिसेम्बरमा डब्लिनमा हुने युइएफएले जनाएको छ। सेमिफाइनल खेल आउँदो वर्षको जुन ५ र ६ मा हुनेछ। फाइनल खेल जुन ९ मा हुने तय भएको छ। विश्वकप फाइनलिस्ट क्रोएसिया, जर्मनी, आइसल्याण्ड तथा पोल्याण्ड लिग ए बाट रेलिगेशनमा परेर लिग बी मा गएका छन्। यस्तै बोसनिया हर्जगोविना, डेनमार्क तथा युत्रेन लिग ए मा बढुवा  भएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.