|
फाइल फोटो

काठमाडौं : स्वास्थ्यमा समस्या आएपछि मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रासप्लान्ट सेन्टरमा उपचाररत चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा सुधार भएको छ। 

डा. केसीको उपचारमा संलग्न डा. अरुण सायमीले मंगलबार डा. केसीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको र डिस्चार्जको तयारी भएको छ। डा. सायमीले भने, 'उहाँको  हामीले भर्खरै कोरोनरी एन्जियोग्राफी (मुटुको नशाको उपचार) गर्‍यौँ जसमा एन्जियोपलास्टिकनै गर्नु पर्ने समस्या त छैन तर पनि नर्मल हैन थोरै मुटुको नशामा समस्या देखियो। केही समय औषधी खाएपछि ठिक हुन्छ। हामीले भोली उहाँलाई डिस्चार्ज गर्छौँ।'

डा. केसी छाती दुख्ने समस्या आएपछि सोमबार अस्पताल भर्ना भएका थिए। डा. केसीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रास्पलान्ट सेन्टरको २१५ नम्बर क्याविनमा भर्ना गरेर उपचार गरिएको थियो। 

१५ पटकसम्म आमरण अनशन बसेका डा. केसी पछिल्लोपटक २७ दिन लामो अनशनमा बसेका थिए। उक्त अनशन तोड्ने बेला सरकारसँग गरिएका सहमति पूरा नभएपछि १६औँ अनशनको तयारी गर्दै थिए। छोटो समयमा पटकपटकको अनशन र बढ्दो उमेरले गर्दा पछिल्लो समय उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको डाक्टरहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.