|

सुर्खेत : कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पुण्य रेग्मी नियुक्त भएका छन्। त्यस्तै, सदस्यहरूमा डा. दिपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता तथा भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन्।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले ६ सदस्यीय कर्णाली योजना आयोग गठन गर्ने निर्णय गरेको थियो। ६ सदस्यीय प्रदेश योजना आयोगमा मुख्यमन्त्री अध्यक्ष, सरकारले नियुक्त गर्ने उपाध्यक्ष एक, सरकारले नियुक्त गर्ने सदस्य दुई, प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था प्रदेश सरकारले गरेको छ।

यस्तै, कर्णाली सरकारका प्रवक्ताका अनुसार सरकारले कानुन आयोग गठनको तयारी पनि गरेको छ। कानुन आयोगमा सात सदस्य रहनेछन्। आयोगको अध्यक्ष, प्रदेश सरकारले नियुक्त गर्ने सदस्य दुईजना, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कानुन सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव, मुख्यन्यायधिवक्ता गरी पदेन सदस्यमा तीन जना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ। मन्त्री केसीका अनुसार मन्त्रिपरिषदले प्रदेश अस्पताल व्यवस्थापन समिति गठन गर्ने तयारी गरेको छ।

कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनका लागि कर्णाली पर्यटन वर्ष २०७५ अन्तर्गत से–फोक्शुण्डोमा यहिँ मंसिर ११ र १२ गते महोत्सव गरिने भएको छ। सो महोत्सव उपराष्ट्रपति नन्दबहादुर पुनले उद्दघाटन गर्ने तयारी भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.