|

सुर्खेत : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वित्तीय र प्रशासनिक क्षेत्रमा संघीयता कार्यान्वयन हुन नसककेको बताएका छन्।

सडक उद्घाटन गर्न डोल्पा जाने क्रममा सुर्खेत विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले राजनीतिक क्षेत्रमा संघीयता कार्यान्वयन भइसके पनि वित्तीय र प्रशासनिक क्षेत्रमा पूर्ण रूपमा संघीयता कार्यान्वयनमा आउन नसकेको बताएका हुन्।

‘संघियता सफल बनाउन केन्द्रदेखि स्थानीय तहसम्म संचरना निर्माण हुन जरुरी रहेको छ’, उनले भने, ‘संघियताको पूर्ण कार्यन्वयन भइनसकेका कारण संविधान अनुरूप सरकारले सबै काम गर्न नसकेको हो।’

‘लामो समयपछि जनप्रतिनिधि आउनु र संरचना नबनेका कारण पनि सरकारको काममा ढिलाई देखिएको हो’,  मन्त्री पोखरेलले भने, ‘पूर्ण रूपमा संरचना नबनेकै कारण पनि प्रदेशहरूले सबै अधिकारको उपभोग गर्न नपाएको सत्य हो।’ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतासमेत रहेका पोखरेलले पार्टी एकीकरणको पनि प्रदेश र जिल्लास्तरमा छिट्टै टुंगो लगाइने दाबी गरे।

‘केन्द्रमा सबै टुंगो लागिसक्यो, प्रदेश र जिल्लाको एकता प्रक्रियामै रहेकाले केही आन्तरिक समस्या समाधान गरी छिट्टै सबै तहसम्म पार्टीको एकिकरण टुंगो लाग्छ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.