|

काठमाडौं : एसियाली विकास बैंक (एडिबी) ले नेपालकाे विकासकाे लागि ३९ अर्ब ३२ कराेड रूपैयाँभन्दा बढी रकम उपलब्ध गराउने भएकाे छ। ३३४.९ मिलियन अमेरिकी डलर अर्थात झण्डै साढे ३९ अर्ब रूपैयाँ बराबरकाे रकम उपलब्ध गराउने विषयमा मंगलबार अर्थमन्त्रालयमा नेपाल र एडिबीबीच समझदारी भएको हाे।

समझदारी पत्रमा नेपाल सरकारकाे तर्फबाट अर्थसचिव डा. राजन खनाल र एडिबीका लागि नेपालका अावासीय  मिसनमा देशीय निर्देशक मुख्ताराे खामुदखानाेभले हस्ताक्षर गरेका हुन्। नेपाललाई एडिबीले उपलब्ध गराउने रकम राजमार्ग सुधार परियाेजना र विद्यालय निर्माण परियाेजनामा सहुलियत ऋण तथा अनुदानका रूपमा आउने जनाइएको छ। 

राजमार्ग सुधार अन्तर्गत पूर्व-पश्चिम राजमार्गकाे कमला कञ्चनपुर सडकखण्डकाे ८७ किलोमिटर सडक सुधारकाे लागि, सडक सुरक्षा सुधार, सडकमा काम गर्ने निकायकाे क्षमता अभिवृद्धिमा १८० मिलियन अमेरिकी डलर सहुलियत ऋण दिने भनिएकाे छ।

विद्यालय सुधार परियाेजना अन्तर्गत प्रकाेप सहनशील विद्यालय निर्माणकाे लागि १४८.९ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब ८० कराेड सहुलियत ऋण र १५ कराेड अनुदान दिने एडिबीले जनाएकाे छ।

एसियाली विकास बैंकले नेपालकाे पूर्वधार विकासमा अनुदान तथा ऋण सहयाेग गर्दै अाएकाे छ। निर्देशक खामुदखानाेभले नेपालकाे दिगाे विकास र पूर्वधारका क्षेत्रमा एडिबीकाे सहयाेग रहने बताए। अर्थसचिव खनाले सहयता रकमकाे उचित प्रयाेग हुने प्रतिवद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.