|

काठमाडौं : सरकारले पप्पु कन्सट्रक्सनलाई टेण्डर प्रक्रियामा सहभागी हुन रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले मंगलबार सूचना जारी गर्दै पप्पुलाई टेण्डर प्रक्रियामा सहभागी हुन रोक लगाएको हो।

पप्पुलाई टेण्डर प्रक्रियामा सहभागी गराउँदा मुलुकलाई थप हानीनोक्सानी पर्ने भएकाले रोक लगाइएको सूचनामा उल्लेख छ। पप्पुलाई ठेक्का प्रक्रियामा सहभागी गराउँदा विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्ने सरकारको निश्कर्ष छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम २ बमोजिम निमार्ण व्यवसायीको कालोसूची सम्बन्धी कारवाही प्रक्रिया नटुंगिएसम्म नयाँ खरिद कार्यमा रोक लगाइएको हो। ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिँचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो।

सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाएको हो। कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ। नहर निर्माणको काम समयमै नसकेको भन्दै सिक्टा आयोजनाले २९ कात्तिकमा निर्माण कम्पनी कोस्टाल पप्पु जेभीसँगको ठेक्का सम्झौता तोड्दै कालोसूचीमा राखेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.