|

काठमाडौं : प्रहरीले १५ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेका १५ जनालाई मंगलबार पक्राउ गरेको हो। उनीहरूलाई टोखा नगरपालिका ८ गैरीगाउँस्थित महेन्द्र मगरको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरूको साथबाट प्रहरीले १६ थान कौडा, १ बुक तास र नगद सात लाख १५ हजार ४०० रुपैयाँ नगद समेत बरामद गरेको छ। प्रहरीले जुवा तासा र मदिरामा हाल कडाईं गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.