|
तस्बिर गायक नरेन्द्र प्यासीको फेसबुकबाट

काठमाडौं : मेरो सुन्दर संसार लिलाम, गर्‍यौ तिमीले। 
                  दुनियाको आडमा, बदनाम गर्‍यौ तिमीले।।

सुगम संगीतका चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा नयाँ गीत बजारमा अाएको छ। प्रगतिशील लेखन क्षेत्रमा कलम चलाइरहेका लेखक एबम् गीतकार मणिरत्नले गीतमा शब्द रचना गरेका छन्।

प्यासीको स्वर र मणिरत्नको शब्दमा ‘मेरो सुन्दर संसार लिलाम गर्‍यौ तिमीले’ बाेलको आधुनिक गीत सार्वजनिक भएको हो। लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक प्यासीले दशैं तिहार मनाउन नेपाल आएका वेला उक्त गीत सार्वजनिक गरेका हुन्। 

बिन्दवासिनी म्यूजिक प्रालिको व्यानरमा सार्वजनिक गीतमा संगीतकार प्रभात सुवेदी र राकेश वलीले संयुक्त रुपमा संगीत भरेका छन्। 
आफूले माया गरेको मान्छेले नै धोका दिएर आफूलाई बदनाम गरेको सन्देश गीतमा समेटिएको छ।

गीत सुन्दा प्रेममा धोका पाएको प्रेमीको वेदना जस्तो सुनिए पनि आफ्नो गाँउघर समाज र देशै छोडी बिदेशिने र उतैको प्रभावमा परी आफ्नो देशलाई गाली गर्ने नेपालीहरुलाई सम्झिएर गीत लेखेको रचनाकार मणिरत्नले बताए।

लामो समयपछि देशप्रेमले ओतप्रोत गीत गाउन पाउँदा आफूलाई गर्व लागेको गायक प्यासीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.