२४ करोडका ९८ योजना निर्माण

|

विराटनगर : ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत अधिकांश सडकका योजना निर्माण गर्दै मोरङमा २४ करोड बजेट विनियोजन गरिएको छ। 
स्थानीय तहमार्फत कार्यान्वयन हुने योजनाहरूको नीतिगत व्यवस्थाअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड रुपैयाँ बजेट अर्थमन्त्रालयले छुट्याएको थियो।

उक्त बजेटबाट जिल्ला समन्वय समितिले ०.३ प्रतिशत प्रशासनिक खर्च छुट्याएर बाँकी बजेटले ९८ वटा पूर्वाधार निर्माणको योजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ।योजनामध्ये ४३ वटा सडक निर्माणको योजना रहेको छ भने खानेपानी, कल्भर्ट निर्माण, केही पक्की पुल, सुकुम्बासीका लागि आवास निर्माण, सामुदायिक भवन निर्माणलगायतका योजना रहेका छन्। 

प्रतिनिधि सभातर्फ ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ९८ वटा योजनाको लागि २४ करोड रुपैयाँ बजेट विनियोजन भएको जिल्ला समवन्य समिति मोरङले जनाएको छ। अधिकांश निर्वाचन क्षेत्रमा सडक प्राथमिकतामा परेको छ भने नदी नियन्त्रण, सिंचाइ, विद्यालय र दलितको आवास निर्माण, खेल पूर्वाधार लगायतका योजना केही मात्रै उल्लेख छन्।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत मोरङको क्षेत्र नम्बर १ का संघीय संसद घनश्याम खतिवडाले चार करोडको बजेटमा सडकका योजना र भवन निर्माणलाई प्राथमिकतामा पारेका छन्। १ नम्बर निर्वाचन क्षेत्रमा ४ वटा स्थानीय तहमा जनही १/१ करोड रुपैयाँ दरले बजेट छुटयाएको छ। सांसद खतिवडाले १५ वटायोजना निर्माण गर्दा ८ वटा सडक निर्माणका योजना छन्।

खतिवडाले मिक्लाजुङमा ५, केराबारीमा ५, उर्लाबारीमा ५ र लेटाङमा ४ योजनाको लागि एक/एक करोड रुपैयाँ बिनियोजन गरेको छ। यस्तै सांसद डा. मिनेन्द्र रिजालको २ नम्बर निर्वाचन क्षेत्रमा परेका १० वटा योजनामध्ये ८ वटा योजना सडक निर्माणकै रहेको छ। अन्य दुई वटा योजना भने कल्भर्ट निर्माण र कालिकोशीबाट ढिकुवा जाने सडकमा पुल निर्माणको रहेको छ। 

छनाेट गरिएका योजनामा रतुवामाइमा २, सुनवर्षीमा २, रंगेलीमा २ पथरी शनिश्चरेमा १ र कानेपोखरीमा ३ वटा रहेका छन्। यस्तै मोरङको क्षेत्र नम्बर ३ मा बढी टुक्रे योजना परेका छन्। ढकालले छनाेट भएका २० वटा योजनामध्ये ७ वटा सडक निर्माणमा परेको छ। पथरी शनिश्चरेमा ३ वटा, कानेपोखरीमा ३ वटा, सुन्दर हरैंचामा ६ वटा योजना पारिएको छ। 

संसद अमनलाल मोदीको ४ नम्बर निर्वाचन क्षेत्रमा १९ वटा योजना छनाेट भएको छ। यस निर्वाचन क्षेत्रमा सुकुम्वासीहरूको आवास निर्माणदेखि सडक र ज्येष्ठ नागरिक सामुुदायिक भवन निर्माणसम्मलाई बजेट छुट्याइएको छ। बेलबारीमा एउटा योजनाको लागि ५० लाख, ग्रामथानमा ६ योजनाको लागि एक करोड २२ लाख, कटहरीमा ३ योजनाको लागि ७८ लाख, विराटनगर महानगरपालिमा १० योजनाको लागि एककरोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

ग्रामथानस्थित दलित सुकुम्बासीको अवास निमार्णको लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कटहरी ५ मा वाँतर सरदारको सांस्कृतिक भवन निमार्णमा १८ लाख, विराटनगर ८ स्थित आरोहण गुरुकूल विराटनगरको बहुउपयोगी सांस्कृतिक भवन तथा पुस्तकालय निमार्णमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

संसद शिवकुमार मण्डलले ५ नम्बर निर्वाचन क्षेत्रमा १६ योजना छनाेटमा गरिएको छ। रंगेलीमा ४, जहदामा १०, विराटनगरमा ३ वटा योजना छनाेटमा परेको छ।त्यस्तै लालबावु पण्डितको निर्वाचन क्षेत्र नम्बर ६ मा १८ वटा योजना छनाेटमा परेको छ। बुढीगंगा गापामा ४, सुन्दरहरैंचा नपामा ६, विराटनगर महानगरापालिकामा ८ वटा योजना छनोटमा परेको जिल्ला समन्वय समिति मोरङका सामाजिक विकास अधिकृत सरोजकुमार गौतमलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.