समाज

घुम्टोमै रक्तदान
SHARES

मंसिर ४, २०७५

    जनकपुरधाम : ‘मैले सुनेको छु। रक्तदान जीवनदान हो। रक्तदान गर्नु पुण्यको काम हो। मैले दिएको रगतबाट कसैले जीवन पाउँछ। मलाई थाहा भएको बस यति हो। रक्तदान गर्नाले अन्य व्यक्तिको जीवन मात्र बच्दैन। रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ।' यो पंक्ति जनकपुरधाम उप महानगरपालिका ७ की ३५ वर्षीया फुलो खातुनले रक्तदान गर्ने बेलाको हो। 

    मंगलबार मुस्लिम समुदायका धर्मगुरू पैगम्बर मोहम्मदको जन्मदिनको पूर्व सन्ध्यामा पाकिज व नूरी कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा घुम्टो भित्रैबाट फुलोले यस्तो आवाज निकालिन्। हाम्रो समाजमा घुम्टोलाई संस्कार र घुम्टोभित्र रहने महिलालाई संस्कारी मानिन्छ। तर घुम्टोमा भए पनि अशिक्षित वा अयोग्य भन्न मिल्दैन।

    'हाम्रो समाजको आफ्नो संस्कार र संस्कृतिहरू छन्। सामाजिक नियम छन्। तर यदि मेरो रगतले कसैले नयाँ जीवन पाउँछ भने मैले घुम्टोबाटै रक्तदान गर्न सक्दिन र?', उनले भनिन्, ‘घुम्टोभित्र रहेर पनि मेरो रगतले कसैले जीवनदान पाउँछ। यस्तो सत्कर्म म निरन्तर गरिरहने छु। रक्तदान सबैभन्दा ठूलो सहयोग हो।’ नयाँ कुरा सिक्न थालेपछि उनको घुम्टोसँगै जिन्दगीका धेरै पानाहरू उघारिएका छन्। दुई सन्तानकी आमा फुलोले आफू घुम्टोभित्र रहेर पनि रक्तदान गर्न पाउनु आफ्नो लागि गौरवको विषय रहेको बताइन्। शरीरले साथ दिएसम्म आफ्नो रगतका माध्यमले जीवनको उपहार दिन जति बेलापनि तयार रहेन उनले बताइन्।

    ‘सामान्य व्यक्तिलाई रगतको महत्व त्यतिखेर मात्र थाहा हुन्छ। जति बेला उनका आफन्त रगतको अभावमा जीवन र मृत्युको दोधारमा हुन्छन्' खातुन भनिन्, 'मैले त्यो बेलाको पीडा भोगेको छु। त्यही भएर आज रक्तदान गर्दैछु। ‘रक्तदान गर्ने बेला सुई नसामा लगाउँदा कमिलाले टोके जस्तो मात्रै हुन्छ। पीडा त्यति नै हो। तर बुझ्नुपर्ने कुरा के छ भने तपाई यस प्रक्रियाका माध्यमले कुनै व्यक्तिको ज्यान बचाइरहनु भएको छ’ उनले भनिन्।

    ‘रगत दिएर कसैको ज्यान जोगिँदा भन्दा ठूलो गौरब के हुन सक्छ,’ उनी भन्छिन्, ‘मेरो रगतले कसैको जीवन जोगाउन सक्छु भने मैले किन नदिने?’ रगत दिँदा कमजोर भइन्छ भन्ने मान्यता अझै समुदायमा छ। तर यस्ता मान्यता मानवको मन मस्तिष्कमा रहेसम्म रगत दिन डराउने उनको बुझाई छ। उनी भन्छिन्, ‘हामीले सबैभन्दा त रगत दिने व्यक्तिको मनबाट डर हटाउनु पर्छ। स्थानीयलाई पनि रगतको महत्व बुझाउनु पर्छ।’ 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]