|

काठमाडौं : नायक सलिनमान बनिया स्टारर फिल्म 'यात्रा अ म्युजिकल भ्लग'ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। मंगलबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मले चैत २९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको हो। नयाँ वर्षलाई लक्षित गर्दै फिल्म रिलिज गर्न लागिएको फिल्मका प्रस्तुतकर्ता केशव भट्टराईले बताए। सार्वजनिक पोस्टरमा नायक सलिनमानमात्रै फिचरिङ छन्। पोस्टरमा सलिनलाई क्यामेराको साथमा प्रस्तुत गरिएको छ।

सम्राट शाक्यले निर्देशन गर्ने यस फिल्ममा सलिनमानसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धीरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, विशाल पहाडी, प्रज्वल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहनेछ। यसै फिल्ममार्फत् मल्लिका महतले पनि फिल्म क्षेत्रमा डेब्यु गर्दै छन्।

फिल्ममा विदेशी कलाकारहरू चीनका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ। फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चामा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्।

'कोटकी कालिका देवी फिल्मस्', 'हरि ओम सिने मेकर्स' र 'क्रियटिम मुभी प्रोडक्सन'को संयुक्त व्यानरमा बन्ने यस फिल्ममा सुशिल पोखरेल निर्माताको रूपमा रहेका छन्। फिल्मका कार्यकारी निर्माता सर्जुमान लिगल हुन्।

जर्नी लभ स्टोरी’ भनिएको फिल्ममा यात्रामा निस्केको पात्रको परिस्थितिलाई देखाइनेछ। निर्देशक सम्राटकै कथा रहेको यस फिल्मलाई सम्राटसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले लेखेका हुन्। फिल्मको मुख्य सहायक निर्देशक सुरेश नै रहेका छन्।

फिल्ममा कविराज गहतराज र प्रवीण सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द्व, शम्भुजीत बाँस्कोटा, प्रतीक पौडेल र कोविद बज्रको संगीत रहेको छ। सञ्जय लामाले खिचेको यस फिल्मलाई बनीष शाहले सम्पादन गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.