|

काठमाडौं : ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव, २०१८’को तयारी पूरा भएको छ। सन

 २०११ देखि हुँदै आएको चलिचित्र महोत्सव काठमाडौंमा हुने भएको हो।

आगामी सोमबारबाट हुने महोत्सवमा ११ चलचित्र प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ।

नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सवका निर्देशक डा. मञ्जु मिश्रले बताए।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन (सिजेएमसी)ले उक्त चलचित्र महोत्सव गर्न लागेको हो। नेपाल र अफ्रिकाको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले नेपाल, अफ्रिका मन्मेन्टका साथै नर्बे, नेपाल र सुडानको संयुक्त किताब बिमोचन गरिने बताइएको छ।

महोत्सव कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा तीन दिनसम्म चल्नेछ। महोत्सवमा सामाजिक विषयमा आधारित चलचित्र प्रदर्शनी गरिने बताइएको छ।

महोत्सवमा विदेशी चलचित्र निर्देशकको समेत उपस्थित रहने जानकारी दिइएको छ।

महोत्सवमा इजिप्टको ‘नासिर ५६’, स्वीजरल्याण्डको ‘लाइफ इन प्रोगेस’, स्वीडेनको ‘नाडिया डाइवर्ग’ र ‘फुटबोल डोक्र्टन’, अमेरिकाको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाको ‘कल मि थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित चलचित्र ‘छाया’ लगायत प्रदर्शन गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.