|

काठमाडौं : जग्गा ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति मंगलबार कारागार चलान भएका छन्।

भक्तपुरको सिपाडोलका सरोज तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकामा उनलाई जेल चलान गरिएको ब्यूरोका प्रवक्ता सुदीप गिरीले जानकारी दिए। उनलाई ब्यूरोको टोलीले सोमबार काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको हो। भक्तपुर जिल्ला अदालतले २०७२ साल वैशाख ६ गते छ महीना कैद तथा पाँच लाख २५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरे पनि उनी फरार हुँदै आएका थिए।

वि. सं. २०७० मा उनीसहितका व्यक्तिहरूले सिपाडोलकी सानुमाया तामाङको नाममा रहेको जग्गालाई नक्कली नक्शा ब्लुप्रिन्ट निकालेर मनोरमा लिम्बूको नाममा राजीनामा पास गराई २५ लाख रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा परेको प्रहरीले जनाएको छ। उक्त मुद्दामा संलग्न सिपाडोलका इन्द्रबहादुर लामा र अंगत खत्रीलाई ब्यूरोको टोलीले गत असोज ६ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेकामा अदालतले उनीहरूलाई यसअघि नै जेल चलान गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.