|

हेटौँडा : माधवराज सुमार्गी ट्रष्टले साधुसन्तलाई भोजन सेवन तथा कम्बल वितरण गरेको छ।

सुमार्गी ट्रष्टको आयोजनामा वर्सेनि कम्बल वितरण तथा भोजन सेवन गराउँदै आएको छ। हरिबोधनी एकादशी अर्थात् ठूलो एकादशीका दिन देशका विभिन्न स्थानबाट मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भैँसेमा आएका साधुसन्तलाई भोजन तथा कम्बल वितरण गराइएको हो।

मकवानपुरमा रहेको लायन्स क्लब अफ हेटौँडा भुटनदेवी, लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथ, लायन्स क्लब अफ हेटौँडा मनकामना र लायन्स क्लब अफ हेटौँडा भुटनदेवी जोडाजोडी तथा तथा लियो क्लब अफ भुटनदेवीको समन्वयमा ३० जना साधुसन्तलाई भोजन सेवन तथा कम्बल वितरण गरिएको हो। लायन्स क्लबकी रिजन चेयर पर्सन अंकिता सुमार्गी तथा विभिन्न व्यक्तिहरूले साधुसन्तलाई नगदसमेत प्रदान गरेका थिए।

लायन्स रिजन चेयर पर्सन टासीडोल्मा तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माधवराज सुमार्गी ट्रष्टका संचालक अरुणराज सुमार्गी, महामण्डलेश्वर कविता गिरी, लायन्स क्लब चेयर पर्सन अंकिता सुमार्गी, लियो क्लब अफ भुटनदेवीका अध्यक्ष अनिल अधिकारीलगायतको उपस्थिति थियो। कार्यक्रममा लायन्स क्लब अफ मुक्तिनाथका अध्यक्ष विकेशलाल श्रेष्ठ, लायन्स क्लब अफ भुटनदेवी जोडाजोडीका अध्यक्ष दिवश ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.