|

दाङ : लमही नगरपालिका ६ को कार्यालय शनिबार पनि खुल्ने भएको छ। मंगलबार बसेको वडाको बैठकले सेवाग्राहीको सहज सेवा प्रदानका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ला गर्ने निर्णय गरेको हो।

वडा अध्यक्ष गणेशमान चौधरीका अनुसार अत्यावश्यक कामको लागि सिफारिस दिने भनी शनिबार पनि कार्यालय खुल्ला राख्ने निर्णय गरिएको हो।  कर्मचारी, विद्यार्थी तथा अन्यबारमा ब्यस्त हुने वडावासीलाई सेवा दिने उद्देश्यले शनिबार कार्यालय खोल्ने निर्णय गरिएको उनले बताए।  

‘ब्यस्त सेवाग्राही, विद्यार्थी र कर्मचारीलाई सेवा दिने उद्देश्यले शनिबार पनि कार्यालय खोल्ने निर्णय गरेका छौं’ उनले भने,‘अत्यावश्यक सेवा प्रदान हुनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.