समाज

ठगी अभियोगमा जनकपुरबाट दुईजना पक्राउ
SHARES

मंसिर ४, २०७५

    जनकपुरधाम : धनुषामा ठगीको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको जनकपुरधाम उप महानगरपालिका १ बाट अपराधमुक्त समाज नेपालको नाममा ठगी गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा सिरहा जिल्ला सिरहा नगरपालिका २१ बस्ने २७ वर्षीय अनिलकुमार मण्डल र धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका ४ बस्ने २२ वर्षीया नितु मण्डल रहेका छन्। पक्राउ परेका दुवै जनाले जनकपुरधाम १ स्थित सूर्यनारायण यादवको घरमा भाडामा कोठा लिई अपराधमुक्त समाज नेपालको सम्पर्क कार्यालय खोली ठगी गर्दै आएको सूचनाको आधारमा उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेकाे हाे। पक्राउ परेका उनीहरू दुवै जनालाई ठगी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

    पक्राउ परेका व्यक्तिहरूको साथबाट अपराधमुक्त समाज नेपालको विधानको प्रतिलिपि, नगद तीनलाख ४५ हजार रुपैयाँ, नाम लिष्ट भएको रजिष्टर लगायतका कागजातहरू बरामद भएको छ। यस अघि पनि उनीहरूले ट्रष्ट ओभरसिज र रिभर ओभरिसज मेनपावरको नाममा विभिन्न व्यक्तिहरूलाई विदेश पठाई दिन्छु भनी ठगी गरेको प्रहरीले जनाएको छ।

    जनकपुरधाम उपमहानगरपालिका ८ स्थित ग्राण्ड होटलमा कोठा लिई रिभर ओभरसिज मेनपावरको व्यानरसमेत राखी चन्द्रिका मेडिकल पोली क्लिनिकमा मेडिकल परीक्षण समेत गराई ठगी गर्दै आएको जनाइएकाे छ। पक्राउ परेका दुवैलाई वैदेशिक रोजगार ठगी गरेको हुँदा बरामद सम्पूर्ण कागजात र नगद रकम ६४ हजार ५०० सहित आवश्यक कारवाहीको लागी वैदेशिक रोजगार विभाग काठमाडाैंमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]