|

दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकामा आइतबार लगाएको तालाबन्दी खुलेको छ। सोमबार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नेपाली कांग्रेस गाउँ कार्यसमितिबीच ६ बुँदे सहमती भएपछि गाउँपालिकामा लगाएको तालाबन्दी खुलेको हो।

सहमतीमा गाउँपालिकाको आर्थिक वर्ष ०७४/०७५ को आयव्याय सार्वजनिक गर्ने ०७५/०७६ को रातो किताब उपलब्ध गराउने, गाउँकार्यपालिका निर्माण गरेका ऐन नियमहरू उपलब्ध गराउने, गाउँपालिकामा कर्मचारी नियुक्ती गर्दा प्रतिपक्ष दलको सदस्य रहने लगायतका सहमती भएपछि ताला खोलिएको गाउँपालिका अध्यक्ष दान बहादुर थापाले बताए।

अध्यक्ष थापाले ताला लगाउनु पर्ने अवस्था नभएको र सामान्य कुरालाई लिएर तालाबन्दी गर्नुपर्ने कुनै कारण नभएको बताए। उनले त्यही सहमतीमा टेकेर आगामी दिनमा गाउँपालिका अगाडि बढ्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.