|

काठमाडौै : विदेश भ्रमणलाई वृत्ति विकासँग जोडिएर लिइन्छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उनको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि तर महानगरपालिकाकोे कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन।

नेपाल समाचारपत्र दैनिक लेख्छ, स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी न्यूनतम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनतामा असन्तुष्टि रहँदै आएका बेला प्रमुख महर्जन सोमबार राति भियतनाम गएका छन्।

भियतनाममा हुने विभिन्न राष्ट्रका शहरका नगरप्रमुखहरुको बैठकमा भाग लिन महर्जन त्यसतर्फ गएको उहाँका सहयोगी स्वकीय सचिव इन्द्र बज्राचार्यले जानकारी दिए। ‘महानगरपालिकालाई खर्चको भार नपर्ने गरी उहाँ नगई नहुने भएकाले मात्र विदेश गएका हुन्’, स्वकीय सचिव बज्राचार्यले भने, ‘महत्त्वपूर्ण भ्रमण भएकाले यसअघिको विदेश भ्रमणसँग यसलाई जोडेर लिनुहुन्न।’ नगर विकासका लागि आवश्यक ज्ञान, सीप र सम्बन्धको विकास गर्न विदेश भ्रमण गर्दै आएको बज्राचार्यको दाबी छ।

ललितपुर मेयर ११ औँ पटक विदेश शीर्षकमा कान्तिपुर दैनिकले पनि समाचार छापेको छ। यसअघि जापान, कोरिया, श्रीलंका म्यानमार, थाइल्याण्ड चीन पुगिसकेका छन्। महानगरले आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम समावेश गरिएको बजेट पुस्तिका अझै प्रकाशन गर्न सकेको छैन। यसकारण वडास्तरीय  बजेट के गर्ने भन्ने अन्योल छ। यस्तो महत्त्वपूर्ण समयमा नगरप्रमुख महर्जन विदेश शयरमा निस्केका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.