|

काठमाडौै : नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने कर्मचारीमध्ये सबैभन्दा धेरै सरकारी विद्यालयका शिक्षक छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्नेमा सरकारी विद्यालयका शिक्षक सबैभन्दा धेरै देखिएको जानकारी दिएको हो।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार आर्थिक वर्ष २०७४\७५ को तीन महिनामा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी एक हजार पाँच सय ६ उजुरी परेका छन्। झुटो शैक्षिक योग्यता प्रयोग गरेर लाभको पदमा रहेकाविरुद्ध उजुरी छानबिन गरी चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विशेष अदालतमा ३० वटा मुद्दा दर्ता गरेको आयोगको उपसिचव मदन कोइरालाले जानकारी दिए।

‘शिक्षक धेरै छन्, केही प्राध्यापकको पनि प्रमाणपत्र नक्कली भएको उजुरी परेको छ’, उनले भने, ‘दोस्रोमा प्रहरीको उजुरी धेरै छ।’ उजुरी हेर्दा धेरै शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको हुनसक्ने आयोगको अनुमान छ। राहत र अस्थायी शिक्षकका धेरै प्रमाणपत्र नक्कली छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.