|

काठमाडौै : अबको सातमहिनाभित्र दूरसञ्चार क्षेत्रका ६ कम्पनी पब्लिक कम्पनी बन्ने भएका छन्। ०७४ मा संशोधन भएको कम्पनी ऐनको व्यवस्थाअनुसार आगामी ०७६ भित्र पाँच करोड रुपैयाँभन्दा बढी चुक्तापुँजी रहेका ६ दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा जाने भएका हुन्।

नयाँ पत्रिका दैनिकमा प्राशित समाचारअनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति शाखाका सहायक निर्देशक झलक थापा मगरले कम्पनी ऐनको व्यवस्थाअनुसार पब्लिकमा रूपान्तरण हुनुपर्ने सम्बन्धित सेवा प्रदायकहरूलाई २०७४ असार ८ मै पत्राचार गरिसकेको छ। कम्पनी ऐनले निश्चित कारोबार गर्न पब्लिक कम्पनी हुनुपर्ने व्यवस्था गरेको छ।

यो व्यवस्थाअनुसार बैंकिङ तथा वित्तीय कारोबार, बिमा व्यवसायसम्बन्धप् कारोबार, धितोपत्र बजारसम्बन्धी कारोबार, धितोपत्र बजारसम्बन्धी व्यवसाय, निवृत्तिभ।ण कोष तथा सामूहिक बचत कोष सञ्चालन गर्ने कम्पनी पब्लिक कम्पनीका रूपमा सञ्चालनमा आइसकेका छन्। पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका निजी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूका लागि भने आगामी वैशाख १९ सम्मको समयसीमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.