|

नेपालले साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली फुटबल महासंघले औपचारिक रूपमा प्रतियोगिताको जिम्मेवारी दिएको जनाएको छ।

प्रतियोगिता ११ देखि २१ मार्च सम्म नेपालमा हुनेछ । प्रतियोगितामा भाग लिने टिमको तय भइसकेको छैन। महिला साफ च्याम्पियनसिप यसअघि श्रीलंकाले आयोजना गर्ने जनाए पनि केही समयअघि उसले नसक्ने जनाएपछि नेपालले आफू प्रतियोगिता गर्न तयार रहेको बताएको थियो।

प्रतियोगितामा यसअघि भएका सबै चार संस्करणको उपाधि भारतले जितेको छ। नेपाल उपाधि दाबेदार मानिएपनि साफ च्याम्पियनसपमा उक्त उपलब्धि हासिल गर्न सकेको छैन।

ग्वानझाउ सँग मैत्रिपूर्ण खेल

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले चिनियाँ क्लब ग्वान्झाउ आर एण्ड एफसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार चिनियाँ सुपर लिगको प्रतिष्पर्धी क्लब ग्वान्झाउसँग खेल्ने तय भएको हो।

एन्फाले खेलको मिति तय नभए पनि सन् २०१९ जनवरीभित्र खेलाउने जनाएको छ । नेपाली टोलीले केकी साताअघि बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप खेलेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन। पछिल्लो समय नेपाली राष्ट्रिय टिमका खेलाडीहरू शहीद स्मारक ‘ए’ डिभिजन लिगमा व्यस्त छन्।

चीनबाट प्रतियोगिता समितिका अध्यक्ष याङ कि, टिम व्यवस्थापक हुआङ जुन र कार्यकरी समितिको लिआङ याजिङले एन्फा कम्प्लेक्स भ्रमण गरेका थिए।  तीन सदस्य टोलीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग नेपाली फुटबल र आवश्यक सहयोगका विषयमा समेत छलफल गरेका थिए। ग्वान्झाउ आर एण्ड एफ क्लब क्लब चीनको शीर्ष डिभिजन चिनियाँ सुपर लिगमा १० औँ स्थानमा रहेको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.