|

अमेरिकाको एक नाइट क्लबको शौचालयमा देवीदेवताका चित्र राखिएको तस्विर सार्वजनिक भएपछि हिन्दु धर्मालम्बीहरूले आपत्ति जनाएका छन्। 

अमेरिकाको न्यूयोर्कस्थित हाउस अफ एस नामक नाइट क्लबमा हिन्दू देवीदेवताका तस्विर राखिएका समाचार बाहिर आएको हो। ती  तस्विरहरू अमेरिकाको ओहायो राज्यमा बस्ने भारतीय मूलकी एक अमेरिकी महिला अंकिता मिश्राले आफ्नो इन्स्टाग्राम पोस्ट र ब्लगमा  फोटो र भिडियो सार्वजनिक गरेकी हुन्। 

मिश्रा सो नाइटक्लबमा गएकी थिइन्। त्यहाँको भीआईपी बाथरुम प्रयोग गर्ने क्रममा  ट्वाइलेट पेपर निकाल्न लाग्दा देवताको चित्र देखेको उनले जनाएकी छन्। त्यहाँ गणेश, सरस्वती, काली र शिवका तस्विरहरू राखिएका थिए।  

रुबिन म्यूजियम अफ आर्टमा शिक्षिका रहेकी उनले लेखेकी छिन्, ' मेरो सांस्कृतिक पृष्ठभूमिका कारण ममाथि व्यङ्ग्य गरिरहेकाे थियाे। यो घटनाकाे मैले बेवास्ता गर्न सकिनँ। उनले त्यो नाइट क्लबलाई इमेलमा अन्सन्तुष्टि पोखेपछि सो क्लबले क्षमा मागेकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.