|

सुनसरी : सुनसरीको दुहबीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। दुहबी–९ मा रहेको जयबावा इँटा भट्टामा कार्यरत स्थानीय फिदा हुसेनमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिए।

मोटरसाइकलमा आएका दुई जनाले इँटा भट्टा जाँदै गरेका हुसेनमाथि बुधबार बिहान गोली प्रहार गरेको माझीले बताए। गोली प्रहारबाट घाइते उनको अवस्था गम्भीर रहेको छ। उनलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ।

इँटाभट्टा सञ्चालक खगेन्द्र श्रेष्ठका अनुसार २० वर्षदेखि सो इट्टा उद्योगमा कार्यरत हुसेनले उद्योगको सम्पूर्ण रेख देखगर्दै आएका थिए। गोली किन र कसले प्रहार गर्‍यो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ। घटना स्थलमा प्रहरी परिचालन गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक माझीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.