|

परासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा बुधबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । 

दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए।

कञ्चनपुरको महेन्द्रनगरबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख १०९६ नम्बरको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको उनले बताए।स्थानीय विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.