|

काठमाडौं : चालु आर्थिक वर्ष २०७५/०७६ मा मूल्य अभिवृद्धि कर (भ्याट) बाट सरकारले ७१ अर्ब ६५ करोड ६५ लाख रुपैयाँ बराबरको राजस्व उठाएको छ। सरकारी आय व्यायको लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चार महिनाको अवधिमा सकारी राजस्व सबैभन्दा बढी योगदान भ्याटको देखिएको छ।

सरकारले यो अवधिमा दुई खर्ब ४२ अर्ब रुपैयाँको राजस्व उठाउँदा छ शीर्षकका भ्याटबाट ७१ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको राजस्व उठाउन सकेको हो। यो तथ्यांकअनुसार जम्मा राजस्वमा भ्याटको योगदान २९ प्रतिशत हो। 

छ शीर्षकका भ्याटमध्ये सबैभन्दा बढी आयातमा आधारिकत भ्याट संकलनबाट पाँच अर्ब २४ करोड २३ लाख रुपैयाँको राजस्व उठेको छ। त्यस्तै बस्तु बिक्रीबाट ६५ करोड १३ लाख रुपैयाँ राजस्व उठेको छ। परामर्श तथा ठेक्का संकलनको भ्याट  र पर्यटन शेवा संकलनबाट क्रमश ६८ करोड ७८ लाख र ६८ करोड ६४ लाख राजस्व उठेको छ।

त्यस्तै संचार सेवा, विमा, हवाई उडान र अन्य सेवा संकलनको भ्याट र बेदर्ताबाट संकलन भएको भ्याट क्रमश ३६ करोड ३६ लाख र १५ करोड १८ लाख रुपैयाँ रहेको छ। आयकर ऐन २०३१ को सातौँ संशोधनपछि भ्याट लागु गरिएको थियो।

बिक्री कर, ठेक्का कर, मनोरञ्जन कर लगायतलाई प्रतिस्थापन गरी २०५४ सालबाट लागु गरिएको भ्याट अहिले राजस्व प्रमुख स्रोतको रुपमा रहेको छ। २०५४ मंसिर एक गतेबाट भ्याट सुरु गरिएको कारण अहिले सरकारले मंसिर १ मा कर दिवशक मनाउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.