|

जनकपुरधाम : हरेक सफलताको पछडि एउटा संघर्षको कहानी अवश्य हुन्छ। सफल व्यक्तित्वको एउटा वेदनाको कथा पनि हुन्छ। त्यही सफलताको पात्रका रूपमा रहेका मैथिली रंगमञ्चका एक पात्र हुन् रामनारायण ठाकुर। यो नाम सुन्ने बित्तिक्कै प्रायः अभिनयको पारखीहरूको मन हँसाउने पात्रलाई सम्झिएर नै हाँसोले भरिन्छ। किनकी रामनारायण मैथिली रंगमञ्चको हाँसोको.पर्याय बनिसकेका छन्। 

२०१९ भदौ ४ गते जनकपुर–१५ मा जन्मेका रामनारायण ठाकुर बाल्यकालबाटै कलामा रुची राख्थे। एक बच्चामा हुनुपर्ने नटखटपूर्ण व्यवहार गर्नु उनको दिनचर्या जस्तै बनेको थियो। यस्तै स्वभावका कारण कयौँ पटक उनले कुटाई समेत खानुपरेको उनी सुनाउछन्। मध्यमवर्गीय परिवारमा जन्मेका कारण उनलाई घरको कामकाज समेत गर्नुपर्ने जिम्मेवारी थियो। एसएलसीको पढाई सिध्याएर सब–ओभरसियरसम्म अध्ययन गरेका रामनारायण पढाइ सँगसँगै घरको काम गर्न प्राय व्यस्त रहन्थे।

सानोमा उनी अभिनय भन्दा बढी नृत्यतर्फ प्रभावित भएका थिए। स्कुलमा हुने हरेक सांस्कृतिक कार्यक्रममा उनी नृत्य गर्नुका साथै आफनो गायन कलाकोसमेत प्रस्तुती गर्थे। ठाकुर आफ्नो कलायात्राका सुरुका दिन सम्झदै भन्छन, ‘मलाई अझै त्यो दिन याद छ एक पटक धनुषाको वभनगामाको सामुदायिक विद्यालयमा भएको सांस्कृतिक कार्यक्रममा मेरो नृत्यलाई दर्शकले औधी रुचाएका थिए। खास गरेर महेन्द्र मलंगीयाले मलाई मिथिला नाट्य मञ्चको संस्था मिनापमा अभिनयको लागि प्रेरित समेत गरेको थियो र आज त्यही प्ररणाको प्रतिफलल यहाँ सम्म छु।’ 

फलस्वरुप रामनारायण समेत मिनापमा इन्ट्री पाउन सफल भए। शुरु–शुरुमा रामनारायणको कालाकारिताबाट निराश बनेको प्रबृद्ध व्यक्तिहरु वभनगामाको कलाकौशललाई हेरेर औधी मन पराउँदै पुरस्कृत समेत गरे। सोही समयमा उनको आफ्नै ठुलदाई लक्ष्मी ठाकुरले उनको मनोबल बढाउन सहयोग गर्दै कालाकारितामा थप उत्प्रेरित गरेको उनी सम्झिन्छन्। 

सोही समयदेखि रामनारायणले कलायात्रामा कहिल्यै पनि पछाडि फर्किएर हेरेनन्। त्यसपछि एक भन्दा एक सफलताको शिखर चुम्दै अघि बढे। रामनारायणको हास्य प्रस्तुती हेरेर अहिले पनि दर्शकको मनमा अहलादित हुन्छ। जछिबेला उनको इन्ट्री स्टेजमा हुन्छ त्यो बेला त झन दर्शक दिर्घामा तालीको गडगडाहटको गुञ्जयमान हुँदै दर्शक प्रफुलित हुन्छन। रामनारायणमा गज्जबको प्रतिभा छ। उनी एक्लै पनि स्टेजमा उभिएर दर्शहरूलाई हाँसोबाट लोटपोट गर्न सक्ने क्षमता राख्छन्। 

सादा जीवन बिताउन सौख राख्ने रामनारायणको चौतर्फी वाहवाही भेटिएपनि आफै उनी सफलताबाट सन्तुष्ट छैनन्। उनी भन्छन, ‘रंगमञ्चको लागि जुन हिसाबाट मैले त्याग गरे। त्यो अनुसार परिणाम प्राप्त गर्न सकिन्। तर यसको अर्थ यो होईन, कि म पुर्णरूपमा असन्तुष्ट छु।’ उनी अगाडी थप्दै भन्छन, ‘जति बेला गाउँहरूको कार्यक्रममा मैथिलीमा अथवा नेपालीमा आफ्नो नामको उदघोष हुन्छ, र आफुलाई स्वागत गर्न आतुर भएको दर्शकलाई देखेर मेरो मनलाई शान्ति प्राप्त हुन्छ। म आफुलाई गौरवान्वित ठान्छु।’

अभिनयमा उनको अथाह लगाव छ, उनले आफ्नो जागिर सम्म छोडेका छन्। सब–ओभरसियरको पढाइ पूरा गरी सिँचाइमा काम गरे, त्यसैगरी भूकम्प पीडितको लागि समेत कामकाज गरे तर उनलाई अभिनयको यस्तो मोह लागेको थियो की आफुलाई काममा रोक्न सकेनन्।  पुनः रंगमञ्चको दुनीयाँमा हाम फाले। विदेशी संस्था सर्च फर कमन ग्राउण्डको लागि समेत केही दिन काम गर्ने अवसर पाए पनि अभिनयका लागि बिदा नपाउँदा उनले त्यो जागिरबाट विदा भए। 

उनी भन्छन, ‘मेरो नशा–नशामा अभिनय रुपी पानी बग्छ। तैं पनि मैले जुन सफलता खोजेको हुँ, त्यो अझै पनि पाउन सकेको छैन्। ईज्जत र प्रतिष्ठाका साथ सम्मान खोजे तर अहिले सम्म पाउन सकिन। यसमा मैथिलीको कलाकारप्रति सरकार पनि कम दोषी छैनन्।’

नेपाली भाषाको कलाकार अतिरिक्त अरु कुनैपनि भाषाको कलाकारहरूलाई सरकारी पक्षबाट कुनै सहयोग नपाएको उनको आरोप छ।  

जनकपुरधाम कलाको हिसाबले नेपालमै एउटा छुट्टै पहिचान भएको ठाउँ हो। तर कलाकार प्रति सम्बन्धित निकायले ध्यान नदिएका कारण नयाँ कलाकार समेत टिक्न नसकेका उनी बताउँछन्। अब स्थानीय कलाकारले आफ्नो ठाउँ र गाउँको कला संस्कृतिलाई आर्थिकोपार्जनसँग जोडेर समृद्ध बनाउन उनी सुझाउँछन्। 

मैथिलीको अभिनय क्षेत्रमा अमूल्य योगदान दिएका रामनारायणलाई कयौँ सम्मान र पुरस्कारबाट पुरस्कृत गरिएको छ। उनलाई सरस्वती राजनारायण पुरस्कार, युवा नाट्य कला परिषद् उत्कृष्ट अभिनेताको रूपमा समेत पुरस्कृत गरेका छन्। त्यस्तै रेडियो मिथिला, मैथिल ब्राम्हण समाजले समेत सम्मान गरेका छन्। 

उनले मिथिलाक व्यथा, काठक लोक, चमेली टेली श्रृंखलामा काम गरेका छन् भने मुखीया जी, प्रितमसहितको मैथिली फिल्ममा समेत हास्य रसको चास्नी पस्केका छन्। रामनारायण सङ्गोर, कथा मिठो सारंगीको, ज्ञान शक्ति अछिसहितको रेडियो नाटकमा समेत आफनो मधुर आवाज दिएका छन्। उनले छक्का पञ्जा तीन, दहेजलगायत झण्डै आधा दर्जन नेपाली फिल्ममा समेत अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.