|

दाङ : दाङका १० स्थानीय तहमध्ये बबई गाउँपालिका जिल्लाकै पश्चिम गाउँपालिका हो। बबई गाउँपालिका जिल्ला सदरमुकाम घोराहीदेखि ४६ किलोमिटर पश्चिममा पर्दछ। यो गाउँपालिकाको पूर्वमा शान्तिनगर गाउँपालिका, पश्चिममा बाँके र सल्यान जिल्ला, उत्तरमा सल्यान र दक्षिणमा दंगिशरण गाउँपालिका र बाँके जिल्ला पर्दछन्।

साबिकका पुरन्धारा र पंचकुले गाविस समायोजन भई यस गाउँपालिकाको निर्माण भएको हो। यस गाउँपालिकाको क्षेत्रफल २५७.४७  वर्ग किलोमिटर छ। २०६८ सालको जनगणनाअनुसार यहाँको कुल जनसंख्या २८ हजार  छ। यस गाउँपालिका ७ वटा वडा छन्। गाउँपालिका समुद्र सतहदेखि ६७६ मिटर उचाइमा अवस्थित छ। यहाँ बाहुन, क्षत्री, दलित, चौधरी लगायतका जातिको बाहुल्यता रहेको छ। यस गाउँपालिकामा ९० प्रतिशत हिन्दू छन्।

यो गाउँपालिका खेतीपातीका लागि उर्बर छ। धार्मिक तथा पर्यटकीयस्थल पुरन्धारा झरना र चिसापानी शिवमनिदर मन्दिर प्रमुख पर्यटकीय क्षेत्र हुन्। बबई गाउँपालिकाको बीच भागबाट दाङ- सुर्खेत सडक गएको छ। हाल दिवंगत भइसकेका विश्वकै होचा मानिस चन्द्रबहादुर डाँगी यहीँ जन्मिएका हुन्। द्वन्द्वकालमा सरकार र माओवादीबीचको एक वार्तास्थल पनि यहीँ पर्छ।

निर्वाचनको बेला ४५ बुँदे प्रतिबद्धता पत्र जारी गरेका बबई गाउँपालिका अध्यक्षमा भुवनेश्वर पौडेलसँग विजयी भएका थिए। यसबीचमा गाउँपालिकाले के कस्तो काम गर्‍यो? यही विषयमा थाहाखबरकर्मी विकाश डाँगीले अध्यक्ष पौडेलसँग गरेको कुराकानीको संक्षेप:

निर्वाचित भएको १ वर्ष पूरा भयो। यसबीचमा के कस्तो काम गर्नुभयो?

पहिलो वर्ष हामीलाई काम गर्न एकदमै गाह्रो भएको थियो। २० वर्षपछि हामी जनप्रतिनिधि भएर स्थानीय तहमा पहिलोपटक काम गर्दा भौतिक संरचनादेखि अन्य स्रोत साधनको कमी र कानुन निर्माणको समस्याले काम गर्न एकदमै कठिन भएको थियो। हामीलाई काम गर्ने कानुन स्पष्ट नहुँदा बबई गाउँपालिकाले दुईवटा मुद्दा पनि खेप्नुपर्‍यो। राजनीतिक पूर्वाग्रहका हिसाबले विभिन्न आलोचना खेप्नुपर्‍यो। हामीलाई सुरुमा अनुभव नभएका कारण केही बाधाअड्चन आए तर समस्यासँग सामना गर्दै काम गर्‍यौँ।

निर्वाचनको बेला गरिएका घोषणा त पूरा भएका छैनन् नि?

कतिपय पूरा भइसके। तर, सीमित साधन तथा स्रोतका बीच हामीले धेरै उपलब्धि हासिल गरेका छौँ। सबै घोषणा एकसाथ पूरा हुँदैनन्। हामीले एक वर्षमै सबै घोषणा पूरा गर्ने भनेका पनि थिएनौ।

के गर्नुभयो त यस बीचमा?

निर्वाचनको बेला हामीले जनतासामु ५ वर्षभित्र काम गर्ने भएकाले ४५ बुद्धे प्रतिबद्धता पत्र जारी गरेका थियौँ। अहिले हामी त्यहाँ प्रतिबद्धता पत्रअनुसार नै काम गरिराखेका छौँ। त्यो प्रतिबद्धतामा लेखेका विषय हामीले ५ वर्ष नभई ३ वर्षभित्र  पूरा गर्नेछौँ। हामीले कम बजेटको आँकलन गरी ती प्रतिबद्धतापत्र जारी गरेका थियौँ। तर, संघीय सकार, प्रदेश सरकारको तर्फबाट हामीले समानीकरण अनुदान, सशक्त अनुदान र राजश्व बाँडफाँटबाट आउने अनुदानका कारण  हामी सबै प्रतिबद्धता पूरा गर्न सक्षम हुनेछौँ।

गत वर्ष हामीले गरेका कामको प्रभाव चालु आर्थिक वर्षमा देखिनेछ। गाउँपालिका सञ्चालनको पहिलो अनुभव भएका कारण केही कमीकमजोरी भए पनि हामीले जनमतको कदर गर्दै काम गरेका छौँ। जनताका आधारभूत आवश्यकता पूरा गर्नमै पहिलो वर्ष हामीले लगायौँ। हामीले कार्य प्रगतिको आधारमा एक वर्षमा थुप्रै महत्वपूर्ण काम गरेका छौँ। गाउँपालिकाको शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयमा कक्षा १ देखि अनिवार्य अंग्रेजी विषयको अनिवार्यता गराउनु सफलता ठानेको छौँ।

यस गाउँपालिकाभित्रका नागरिकलाई खानेपानीको अभाव हुन नदिन विभिन्न ठाउँमा काम गर्‍यौँ र घर घरमा खानेपानीको धाराको लागि काम भइरहेको छ। त्यस्तै, स्वास्थ्य क्षेत्रमा पनि सुधार ल्याउन गाउँपालिकाको विभिन्न स्थानमा खोप केन्द्रको स्थापना गरेका छौँ। बबई गाउँपालिकाभित्रका प्रत्येक वडामा सडक विकास गरेका छौँ। निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धतालाई पूरा गर्न लागि रहेका छौँ। बबई गाँउपालिका दुर्गम भेगमा पर्ने भएका कारण चेतनाका हिसाबले पछि परेको हो भनेर हामीले सामाजिक विकासमा जोड दिन योजना बनाएका छौँ। तर, हामीले अहिले गर्ने नसकेको काम भनेको कार्यालय व्‍यवस्थापन हो। हामी अहिले भाडाको घरबाट कार्यालय सञ्‍चालन गरिरहेका छौँ। यही आर्थिक वर्षदेखि गाउँपालिकाको कार्यालय व्‍यवस्थापन पनि हुनेछ। त्यसको लागि बजेट पनि आएको छ।

एक वर्षको काममा कत्तिको सन्तुष्ट हुनुहुन्छ?

गत आर्थिक वर्षमा विभिन्न बाधा अड्चनका बाबजुत बबई गाउँपालिकाका सडक सञ्‍जाल जोड्ने काम गरेका छौँ। शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि काम भएका छन्। ती सबै  हिजो निर्वाचनमा गरे का प्रतिबद्धताकै  आधारमा गरे का छौँ। हामीले  बिर्सिएका छै नौँ  कि हिजो  जसरी विकास निर्माणका लागि काम गर्छौं भन्यौँ र जनताले  हामीलाई यो  ठाउँमा पुर्‍याउनुभयो  र सो हीअनुसार काम भइरहेका छन्। तर, सबै  काम एक वर्षमा अहिले  नै  पूरा हुन्छन् भन्ने  छै न। जनताले  पनि त्यो  कुरा बुझ्नुभएको  छ। हिजो  गरिएका प्रतिबद्धता लत्याएर छुट्टै  हिसाबले  काम गर्ने  पक्षमा छै नौँ। गत आर्थिक वर्षमा गरेका कामप्रति सन्तुष्टि नै छौँ।

गाउँपालिकामा काम गर्दा मुख्य रूपमा के के समस्या पाउनुभयो ?

विभिन्न विवादका कारणले  सुरुवाती चार महिनामा काम गर्न सकिएन। म अध्यक्ष भएर आइसके पछि बबई गाउँपालिकालाई समृद्ध गाउँपालिका कसरी बनाउन सकिन्छ भन्ने मा छु। त्यो  समृद्धि ल्याउन हिजो कै  शैलीले नभई के ही फरक गर्नुपर्छ। फरक काम गर्न खो ज्दा केही विवाद आएका थिए। ती सबै  समाधान भए। समस्याहरू त निकै छन्।  स्थानीय सरकार सञ्‍चालन ऐनले दिएका अधिकार पनि कार्यान्वयन गर्न सकेका छैनौँ। संविधानमा भएका २२ वटा  एकल सूचीका अधिकार पनि कार्यान्वयन गर्न खोज्दा समस्या आइपरेका छन्। ती ऐन कार्यान्वयन गर्न लाग्दा आफूहरू अदालतसम्म पनि पुग्नुपरेको थियो। स्थानीय तह सञ्‍चालनका लागि हामीले १५/१६ वटा कानुन निर्माण गरिसकेका छौँ। हामीले कम्तीमा २७ वटा कानुन निर्माण गर्नुपर्ने हुन्छ। त्यो पनि निर्माण प्रक्रियामा छौँ। तर हामीले काम गर्दा विभिन्न समस्या भोग्दै आएका छौँ।

गाउँपालिकाको केही भाग निकुञ्ज प्रभावित क्षेत्रभित्र पनि पर्छ। वन्यजन्तुले मानिसलाई सताउने गरेको छ। मानिसका कारण पनि वन्यजन्तुमा असर पुग्छ। यसको समाधान कसरी गर्नुहुन्छ?

बाँके  राष्ट्रिय निकुञ्जको  प्रभावित क्षे त्र पनि हाम्रो  गाउँपालिकाका के ही बस्ती छन्। हुन त राष्ट्रिय निकुञ्जले  पनि त्यो  क्षे त्रका लागि थुप्रै  काम गर्ने  यो जना बनाएको  छ। त्यहाँको  विकासका लागि निकुञ्जले  लगानी पनि गर्छ। तर, हाम्रो  क्षे त्र पनि भएको ले  के ही गर्न सकिन्छ कि भने र छलफल आरम्भ गरेका छौँ। त्यहाँ आउने  वन्यजन्तुलाई नै  दे खाएर त्यो  क्षे त्रलाई पर्यटकीय क्षे त्रको  रूपमा विकास गर्ने  कि भन्ने  पनि छ। तर, जो खिम पनि छ। मान्छे माथि वन्यजन्तुको  आक्रमण कसरी रो क्ने , गरे का खे तीपातीको  संरक्षण कसरी गर्ने वा उनीहरूलाई गरिखाने  बाटो को  विषयमा कसरी अघि बढ्ने  भन्ने  विषयमा गम्भीर भएर हामीले  सो चिरहे का छौँ। यदि त्यसो  हुन सके न भने  ती बस्तीहरूलाई व्यवस्थापन गर्न नयाँ बस्ती विकास गर्ने  यो जना पनि हामीले  सो चे का छौँ।

जताजतै करले जनतालाई थिचेको छ। किन यसरी कर बढाउनुभएको?

हामीले कर बढाएका छैनौँ। करको दायरा भने बढाएका छौँ। हिजो गाविस हुँदाका करलाई नै यथावत राखेका छौँ। तर, दायरा भने फराकिलो बनाएका छौँ। सरकारी जमिनमा बनेका संरचना कर, घरवहाल कर, व्‍यापार दर्ताजस्ता विषयलाई करको दायरामा ल्याएका छौँ। करको दायराभित्र आउन नचाहने मानसिकता भएकालाई कर बढाएको मात्र लागेका हो। तर, गाउँपालिकाले  अपांगको सिफारिस, छात्राछात्रको सिफारिस, ज्येष्ठ नागरिक सिफारिसको लागि कर लिएको छैन।

विकासका निम्ति अबका योजना के के छन् ?

आर्थिक वर्ष ०७५/७६ का लागि ३५ करोड १६ लाख बजेट विनियोजन भएको छ। त्यसमध्ये विकास बजेटमा धेरै छ। ५ वर्षभित्र  सरकारी स्कुल जाने बालबालिकाहरूले नि:शुल्क पढ्न पाउनेछन्। सरकारी विद्यालयवाट गुणस्तरीय शिक्षा पाउनेछन्। त्यसैगरी कुनै पनि गाउँटोलका मानिसले स्टेचरमा बिरामीहरू बोकेर ल्याउनुपर्ने बाध्यता हट्नेछ। सबै गाउँटोलमा एम्बुलेन्स पुग्नेछन्। बबई गाउँपालिकाका नागरिक शुद्ध खानेपानीबाट वञ्चित हुने छैनन्। सबैका घर घरमा धाराहरू पुग्नेछन्। त्यस्तै, सिँचाइ व्यवस्थापनका लागि योजना बनाएका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.