|

काठमाडौंः पशु धनको बीमामा किसानहरुलाई थप सहुलियत दिर्नुपर्ने सरोकारवालाहरुले औल्याएका छन्। 

ललितपुरमा बुधबार भएको पशुधन बीमा र जलवायु परिर्वतन सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरुले पशु बीमा सम्बन्धी व्यवस्थालाई केही परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याएका हुन्। कार्यक्रममा पशुधनको बीमा गरेका किसानले भवितव्य तथा प्राकृतिक प्रकोपमा परि मरेका पशुको बीमा  दाबी गर्न कानूनी झन्झट रहेकाले यसलाई परिर्वतन गर्न माग गरे।

विश्व बैकको नेपाल कार्यालयमा रहेकी कृषि विज्ञ करिष्मा वस्तीले जलवायु परिवर्तन संगै आउने जोखिम बढेकाले पशुधनको सुरक्षा र विद्यमान बीमा नियमलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको बताइन्। विद्यमान बीमा नीतिले सबैलाई समेट्न नसकेकाले पनि किसानलाई सुविका दिदै नियम परिर्वतन गर्नुपर्नेमा उनले जोड दिइन्।

नेपाल सरकार, विश्वबैक र बीमा समितिले किसानले पशुधन बीमा कार्यक्रम लागु भएका जिल्लाहरुमा बीमाको प्रभावकारीता बारे अध्ययन गरिरहेका छन्। प्रारम्भिक अध्ययनमा नै बीमा नियममा परिर्वतन गर्न आवश्यक रहेको तथ्य बाहिर आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.