|

दाङ : तुलसीपुरमा स्कुटी र डोजर एकापसमा ठोक्किँदा एक युवक घाइते भएका छन्। घाइते हुनेमा तुलसीपुर–६ का २३ वर्षीय प्रदिप भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।

डिएसपी शाहीका अनुसार पूर्वबाट तुलसीपुर बजारतर्फ आइरहेको रा ४ प ५८६ नम्बरको स्कुटी घोराही तुलसीपुुर सडकखण्डको पेट्रोलपम्प नजिकै सडकमा काम गरिरहेको रा १ क २९९ नम्बरको डोजरमा ठोक्किँदा दुर्घटना भएको हो। गम्भीर घाइते भण्डारीलाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालजञ्ज रिफर गरिएको छ। चालकसहित डोजरलाई प्रहरीले निणन्त्रमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.