|

हेटौँडा : विभिन्न माग राख्दै यहाँका सेक्युरिटी मजदुर आन्दोलनमा उत्रिएका छन्। नेपाल सरकारले साउन १ गतेबाट न्यूनतम तलब वृद्धि गरिसकेको अवस्थामा जी फोर एस सेक्युरिटी सर्भिस प्रालिअन्तर्गत कार्यरत सेक्युरिटी मजदुरहरूको सेवासुविधामा वृद्धि नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। मंसिर  ३ गतेबाट आन्दोलनरत अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघ र नेपाल राष्ट्रिय सुरक्षा श्रमिक संघले बुधबार जी फोर एस कार्यालयमा श्रमिक ड्रेसमा कालोपट्टी बाँधेर पत्रकार सम्मेलन गर्दै आफूहरूको मागको विषयमा सम्बोधन नभए बिहीबारबाट आमरण अनशन बस्ने बताएका छन्।

जी फोर एस कम्पनीसँग भएको सहमतिअनुसार साउन १ गतेबाट वृद्धि हुनुपर्ने भए पनि हालसम्म बेवास्ता गरेका कारण आफूहरू आन्दोलित भएको अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघ मकवानपुरका अध्यक्ष रवीन्द्र केसीले जानकारी दिए। उनका अनुसार सरकारले वृद्धि गरेको न्यूनतम पारिश्रमिकको लागूसँगै दुर्घटना बिमा, उपचार बिमा, चाडपर्व खर्च, सामाजिक सुरक्षा कोषको व्यवस्था, सुरक्षा मजदुरलाई छुट्टै कोठाको व्यवस्थालगायत माग राखिएको छ।

आफ्नो मागको विषयमा  श्रम कार्यालय, जिल्ला प्रशासन कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ तथा अन्य सरोकारवाला कार्यालयमा जानकारी गराइसकेको  र त्यसपश्चात् सहमति नभएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिएको केसीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.