|

चितवन: नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताएका छन्।  प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्द्वपीडितको अवस्था विगतभन्दा राम्रो भएको बताए।विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो भन्ने प्रश्नमा उनले भने, 'द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै चाहिँ छैन। पहिलाको भन्दा त धेरै घटेको छ। तै पनि अहिले अब हामी राजनीतिक तह र कानुनी तहमा पनि गम्भीर रूपले गृहकार्य गरिराखेका छौँ।'

शान्ति सम्झौताको हस्ताक्षरकर्तासमेत रहेका दाहालले भने, 'प्रधानमन्त्रीकै चाहनाको कुरा गर्ने हो भने संयुक्त राष्ट्रसंघ, कोस्टारीकामा जस्तो मन्तव्य दिनुभएको छ त्यसले शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुङ्ग्याउने किसिमले काम भइरहेको छ।'

भरतपुर विमानस्थल जोखिमपूर्ण छ,यसको विस्तारको काम के भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा उनले विमानस्थलको विस्तारका लागि छलफल भइरहेको बताएउनले भने 'भरतपुर विमानस्थल विस्तारको काम अहिले छलफलमा नै छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.