काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले गैर बजेट स्वीकृत नगर्ने स्पष्ट पारेका छन्। आन्तरिक बजेट खर्च नगरी गैर बजेटको माग गर्ने मन्त्रालयको संख्या बढ्दै गएपछि अर्थमन्त्री खतिवडाले गैर बजेट स्वीकृत नगर्ने प्रष्टयाएका हुन्।
अर्थमन्त्री खतिवडाले मन्त्रालयभित्रकै बजेट रकमान्तर गरेर खर्च गर्ने व्यवस्था गरिएकाले सोहीअनुसार बजेट व्यवस्थापन गर्न पनि सबै मन्त्रालयलाई आग्रह गरेका छन्। बुधबार मन्त्रालयको पहिलो चौमासिक बजेट समीक्षा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कानुन, कार्यविधि, लेखाविधिले रकमान्तर गरेर हरेक मन्त्रालयलाई खर्च गर्ने व्यवस्था गरेको पनि स्मरण गराए।
अर्थमन्त्री खतिवडाले बजेट प्रणालीभित्र नरहेका कुनै पनि आयोजनालाई बजेटको व्यवस्था नगर्ने पनि बताए। उनले अर्को चौमासिकभित्र बजेट अनुशासन पूर्ण पालना गराउन सरकारसक्षम हुने दावीसमेत गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।