|

काठमाडौं : धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक बिन्दुले बढेर बुधबार एक हजार १८२.७४ बिन्दुमा पुगेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.३५ बिन्दुले बढेर २५१.४६ बिन्दुमा पुगेको छ। स्टकका अनुसार बुधबार कूल १५१ कम्पनीको आठ लाख ५२ हजार ७६८ कित्ता शेयर २६ करोड ८८ लाख ८४ हजार २७२ मूल्यमा खरीद बिक्री भएको हो। कारोवार भएका कूल दश उपसमूहमध्ये पाँच उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर भने घटेको छ।

बैंकिङ १.२२, विकास बैंक ८.१३, वित्त शून्य.९५, अन्य दुई.२७, जीवन बीमा ३०.६५ बिन्दुले बढेको छ। यस्तै होटल २२.९३, जलविद्युत् ११.८७, निर्जीवन बीमा ७.४, उत्पादन ९.३४ र माइक्रोफाइनान्स शून्य.८५ बिन्दुले घटेको छ। सामान्य अङ्कले वृद्धि भएको बजारमा साङ्ग्रिला विकास बैंक, साइन रेसुङ्गा विकास बैंक र नवील समृद्धि फण्ड एकका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनी, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, हिमालय पावर पार्टनर कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.