|

कञ्चनपुर :  कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका गरगहना चोरी गर्ने तीन जनालाई प्रहरीले गहना बेच्दै हिँडेको अवस्थमा बुधबार पक्राउ गरेको छ।

चोरीमा संलग्न कृष्णपुर नगरपालिका ९ का २८ वर्षीय बासुदेव अवस्थी र कैलालीको गोदावरी नगरपालिका ९ बस्ने २३ वर्षीय दीपक बहादुर बमलाई प्रहरीले गहनासहित पक्राउ गरेको हो। साथै चोरीको गहना सस्तोमा किन्ने कैलालीको धनगढी उप महानगरपालीका ३ का सुर्मादेवी सुनचाँदी गहना पसलका सञ्चालक ३५ वर्षीय दिपेन्द्र सोवलाई समेत प्रहरीले पक्राउ गरेको छ।

घरमा कोही नभएको बेला ढोकाको ताला फोरेर  दुवै जनाले गहना चोरी गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। उनका अनुसार चोरीमा संलग्नबाट सुनको छड्के तिलहरी, सानो तिलहरी, बिनापत्थरको औँठी, शीरफूल चन्द्रमा, नाकको फूली, चाँदीको हार एक/एक थान, जुली सेट दुई थान र चाँदीका सिक्का २६ थान बरामद गरेको छ।

गहना चोरी भएका हर्क बहादुर कामीले प्रहरीमा दिएको जाहेरीअनुसार सुनका १५ थान गहना झण्डै ३० तोला, चाँदीका १० तोलाका सिक्का, चाँदीको दुई सय ग्रामको पाउजु र नगद रु ५० हजार चोरी भएको छ। चोरीमा संलग्न र चोरीको गहना खरिद गर्ने तीनै जनालाई इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा रहेका छन्।

पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताए। चोरीमा संलग्नमाथि चोरी मुद्दाअन्तर्गत हदैसम्मको सजाय हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.