|
फाइल तस्बिर

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई जोगाउन अन्तिम लडाइँ लड्न तयार रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

सभापति देउवाले नेपालका कम्युनिस्टहरूबाट लोकतन्त्र खतरामा रहेको दावी गर्दै यसको संरक्षणका लागि लोकतन्त्रमा विश्वास गर्ने सबैलाई एकताबद्ध हुन पनि आह्वान गरे। बुधबार नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पञ्चायतलाई ढालिएको, राजालाई हटाएको कांग्रेस सामू लोकतन्त्र रक्षा गर्ने ठूलो चूनौति रहेको पनि बताए।

सभापति देउवाले लोकतन्त्रको रक्षाका लागि न्यायालय, प्रशासनिक संयन्त्र, नेपाल प्रहरी र नेपाली सेनालाई पनि कटिबद्ध बनाई राख्नुपर्ने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.