|

भक्तपुर : प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हनुमन्ते नदी र अरनिको राजमार्गलगायत मुख्य सडकमा फोहोर गर्नेलाई २४ घण्टा थुनामा राख्ने नीति ल्याएको बताएका छन्।

बुधबार गैसस महासंघ भक्तपुरले प्रकाशित गरेका ‘सुशासन’ स्मारिका सार्वजनिकीकरण कार्यक्रममा स्मारिका विमोचन गर्दै सासद बस्नेतले भने ‘भोलीबाट एक महिने अरनिको राजमार्ग सफाई अभियान सुरु गर्दैछौँ। हनुमन्ते खोलामा मात्रै होइन। अब अरनिको राजमार्गमा फोहोर फाल्नेलाई पनि पक्राऊ गरी कम्तीमा एक दिन हिरासतमा राखेर सजाय दिने नीति ल्याएका छौँ।’

सासद बस्नेतले फोहोर फाल्नेलाई सजाय दिने कानून नभए सार्वजनिक मुद्दा लगाएर भए पनि कारबाही गर्ने नीतिलाई लिएको सिडिओ र प्रहरीसँग छलफल भइसकेको जानकारी दिए। उनले भने ‘अबदेखि गाडीबाट फोहोर फाल्ने चालक, यात्रुहरू र नदी एवं सडकमा फोहोर गर्ने सबै कारबाहीको भागिदार हुन्छ।’

पूर्वउद्योग मन्त्रीसमेत रहेका सासद बस्नेतले भने, 'तीन वर्षभित्र हनुमन्ते नदीलाई ढलमुक्त बनाइने घोषणा गर्दै भने १०० हप्ते हनुमन्ते नदी सफाई अभियानको ३८ औँ हप्ता पार गरिसकेका छौँ। अब एकसाता भित्र हनुमन्ते करिडोर निर्माण कार्य पनि सुरु हुन्छ।'

कार्यक्रममा सासद बस्नेतले रासस एवं उज्यालोकर्मी रमेश गिरीलाई १५ हजार नगद पुरस्कारसहित दोसल्ला ओढाएर गैसस पत्रकारिता पुरस्कार प्रदान गरेको थियो। कार्यक्रम गैसस महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईंको सभापतित्वमा सम्पन्न भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.